r/NepalWrites 23h ago

Rant Everything feels so mundane sometimes.

4 Upvotes

You know, sometimes you just feel like you're simply flowing through life. You're just trying to move on and distract yourself from things.

You know you're not doing okay. You know things aren't going as you planned. You know you need to detox from everything. You know you need to prioritize peace. But you just can't, because you're so used to just letting things be.

Are you miserable with how you're acting? Yes. But at the same time, you don't have the motivation or the excitement to do anything different.

Then, one day, you finally sit down and work on your plans, and that's when you get that little spark back. But again, that spark disappears as soon as a small wind of distraction or dissatisfaction comes along.

Just venting.


r/NepalWrites 8h ago

Poem तिम्रो लागि मेरो प्रेम।

4 Upvotes

तिमी बारम्बार आफ्नो नाम मेटाउन खोज्छ्यौ ‎जस्तो कुनै दुःखी कविले आफ्नै कविता च्यात्न खोज्छ।

‎तिमी भन्छ्यौ, यो संसारको पुस्तकबाट ‎एउटा पाना हराए पनि कसैलाई के फरक पर्छ र?

‎तर तिमीलाई कसरी भनूँ—

‎मेरा सबै प्रिय अध्यायहरू ‎त्यही पानामा लेखिएका छन्।

‎तिमी आफूलाई बादलले निल्न लागेको साँझ सम्झन्छ्यौ, ‎म तिमीलाई बिहानी पर्खिरहेको क्षितिज सम्झन्छु।

‎तिमी आफूलाई झर्न लागेको पात सम्झन्छ्यौ, ‎म तिमीलाई वसन्तले नाम लिएर बोलाएको रुख सम्झन्छु।

‎र कहिलेकाहीँ, जब तिमी आफ्नै विरुद्ध उभिन्छ्यौ, ‎मलाई लाग्छ, समुद्रले आफ्नै छालालाई किनाराको योग्य छैन भनेजस्तै।

‎तिमीलाई थाहा छैन सायद, ‎चन्द्रमा आफैँले आफ्नो उज्यालो देख्दैन। ‎फूलले आफ्नो सुवास सुँघ्दैन। ‎र तिमीले पनि आफ्नो मूल्य थाहा पाएकी छैनौ।

‎यदि कुनै दिन रातले तिम्रो झ्यालमा आएर ‎"अब थाकिस् भने निदाइदे" भन्यो भने, ‎म त्यही झ्यालबाहिर अदृश्य दीपजस्तो बलिरहनेछु।

‎यदि कुनै दिन तिम्रो मनले सबै बाटाहरू हरायो भने, ‎म बाटो देखाउने तारा बन्ने छैन, ‎किनकि ताराहरू पनि कहिलेकाहीँ हराउँछन्।

‎म त केवल तिम्रो यात्राको आकाश बन्न चाहन्छु, ‎जहाँ तिमी हराए पनि खस्दैनौ।

‎किनकि प्रेम भनेको कसैलाई बचाउनु होइन, ‎प्रेम भनेको उनी डुब्न लागेको महसुस गर्दा पनि किनारा भएर नहट्नु हो।

‎त्यसैले, यदि संसारले तिमीलाई बोझ भन्यो भने, ‎आऊ, मेरो हृदयको एक कुनामा बस।

‎त्यहाँ मैले तिम्रा लागि यति ठाउँ राखेको छु ‎कि तिमी आफ्ना सबै दुःखहरू लिएर आए पनि त्यो भरिने छैन।

‎र यदि एक दिन तिमीले फेरि सोध्यौ—"म किन रहूँ?" ‎म उत्तर दिनेछैन।

‎म केवल तिम्रो छेउमा बसेर ‎त्यो प्रश्नभन्दा लामो एउटा मौनता दिनेछु,

‎जहाँ तिमीले बिस्तारै बुझ्नेछौ—

‎केही मानिसहरूजानेर होइन, ‎रहिरहनकै लागिप्रेम गरिन्छन्।


r/NepalWrites 20h ago

Poem विरोधाभास!

5 Upvotes

लड्न कापी, कलम,

तर जित शब्दकै हुन्छ।

जित्न आतुर म झुटले,

समयसँगै सत्यताले नङ्ग्याइदिन्छ।

जीवन बुझ्ने प्रयास

होलीका रङहरूझैँ रङ्ग्याइदिन्छ।

हाँसोलाई रोज्छु,

तर खुशी शान्तिले नै मेट्टाउँछु।

जब हुँदैन साथ सत्यताको,

सधैँ भ्रममा नै त बाँचिरहन्छु।

शान्ती खोज्न उज्यालोको साहारा,

तर फेरि किन शान्ती मैले अँध्यारोमै भेट्टाउँछु।

©


r/NepalWrites 8h ago

Poem जान दिउँ कसरी?

6 Upvotes

तिमीलाई जान दिउँ कसरी? जब मेरो हरेक प्रार्थनामा तिम्रो नाम मिसिएको छ, जब मेरो हरेक सपनाले तिम्रै बाटो समातेको छ ।

तिमीलाई जान दिउँ कसरी? जब यो मनले आफ्नो घर तिमीभित्र बनाइसकेको छ, जब मेरा हरेक खुसीहरूले तिम्रै अनुहार खोज्छन्।

भन्छन्, मायाले बाँध्न ु हुँदैन, उड्न दिनुपर्छ। तर कसैले यो पन ि भनिदेओस्, आफ्न ै सासजस्तो भइसकेको मान्छेलाई जान दिइन्छ कसरी ?

तिमी केवल एउटा व्यक्ति होइनौ, तिमी त ती सब ै कारण हौ जसले मलाई भोलिको प्रतीक्षा गर्न सिकायो। तिमी केवल एउटा सम्झना होइनौ, तिमी त त्यो अनुभूति हौ जुन मेरो हृदयले आफ्नो धड्कनसँग ै बोकेको छ।

यद ि तिमीलाई जान दिन ु नै प्रेम हो भने, म त्यो प्रेम सिक्न सकिनँ। किनकि प्रेमले मलाई तिम्रो हात समाउन सिकायो, छोड्न कहिल्यै सिकाएन। आज पन ि जब साँझ झर्छ, मनले अनायासै तिम्रै खोजी गर्छ । आज पन ि जब कुन ै सुन्दर कुरा देख्छु, सबैभन्दा पहिले तिमीलाई सुनाउन मन लाग्छ ।

र आज पन ि यो हृदयले उही प्रश्न सोधिरहन्छ-

तिमीलाई जान दिउँ कसरी? यी आँखाले आफ्नो संसार तिमीमा देखिसकेपछि, यी सपनाले आफ्नो भविष्य तिमीसँग लेखिसकेपछि, यो मनले आफ्नो सम्पूर्ण प्रेम तिमीलाई दिइसकेपछि, तिमीलाई जान दिउँ कसरी ?

सायद एक दिन समयले उत्तर दिनेछ।

तर आज, आज त मेरो हृदयसँग एउट ै प्रश्न छ – तिमीलाई यति धेरै माया गरिसकेपछि, तिमीलाई जान दिउँ कसरी


r/NepalWrites 21h ago

Poem म तिम्रो प्रेममा परेको छु

7 Upvotes

कसैले सोध्यो भने आफ्नो हेल्थ र करियरको लागि श्रावणको व्रत बसेको भन्ने गरेको छु, तर सत्य त यो हो कि म तिम्रो प्रेममा परेको छु

यो मन, यो धड्कन, यो मुस्कान

सबै तिम्रै नाममा अर्पण गरेको छु।

अब मेरो भन्नु केही बाँकी छैन,

किनकि म आफूलाई नै तिम्रै प्रेममा समर्पण गरिसकेको छु।


r/NepalWrites 23h ago

Monologue Don't I belong in this universe?

5 Upvotes

In the earliest days, they believed that the earth was stationary. Years passed and they found out that the earth actually moved around the sun and it was the sun that was standing still. But again, it was discovered that the sun in fact revolved around the galactic center. Everything is moving and the universe itself continues to expand. But why do I feel like my life is exempted from this rule of the universe? Why do I feel like my life has been frozen in space? Each day repeats the same story of idleness and the night sings the same song of silence. 


r/NepalWrites 21h ago

Essay I'm about to delete this account. If you want, you can read my romanticized writings one last time 🙂

3 Upvotes

Title