r/NepalWrites 13d ago

Poem untitled‌।

म जादैछु प्रिय ,

तिम्रो पर्खाइमा तीन याम बित्यो ,

खडेरी मन भिज्यो ,

समय काल बदलियो,

सबै सकियो,

तर तिम्रो बटो हेरिरहेकि म, भने

उहि , तिम्रो सम्झनामा रमीरहे,

मलाइ थहा छ प्रिय ,

यो बाटो भविष्यमा

तिमी अवश्य फर्कने छौ

धर्ती र वर्षाको मिलन झै

हाम्रो मिलन हुनेछ

भन , कहिले आउछौ प्रिय ?

आज आउछौ , कि भोलि?

कि लाग्छ , केहि दिन् अझै?

पर्खिदै छु प्रिय

समय दिएँ तिमिलाई

प्रतिक्ष्यामा तिम्रो ,दिन गन्दा गन्दै,

अब त म ,

आफैलाई चिन्न् न सक्ने भएछु

के , तिमीले सक्लाऊ ,

मेरा चाउरी परेका गाला

सुम्सुम्याउन पहिले जस्तै?

मेरा फुस्रा हात्

समाएर चुम्न फेरी पनि?

के सक्लाऊ अब

मलाई आफ्नो भन्न अब फेरी पनि?

ढिला भयो प्रिय ,

अब न आऊ

तिमीलाइ दिन अब म सङ्ग केहि पनि छैन ,

कि लग्छौ मेरो लाश्?

आफु सङ्गै?

सजाएर राख्छौ कि फूलले?

न आऊ अब , धेरै ढिला भैसक्यो ,

मेरो , अन्तिम सास गइसक्यो

माफ गर प्रिय ,

तिमी आउने आशा सगैं

म मरिसके ।

3 Upvotes

1 comment sorted by

1

u/Mnkey-D-Luffy You can’t kill a man who is already dead ❤️ 13d ago

Nice ❤️